अब "The Voice Of Nepal" हाम्रो पात्रोमा | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

अब "The Voice Of Nepal" हाम्रो पात्रोमा




निरन्तर विश्वस्तरका मेडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो साङ्गीत यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, अास्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ ।



इतिहासका विभिन्न कालखण्डले नेपाली टेलिभिजनमार्फत् पस्किदै अाएको पछिल्लो परिवर्तनको साक्षी नेपाली दर्शक र नेपाली टेलिभिजनका सामाग्रीलार्इ निरन्तर समय सापेक्ष पस्किने कसरतमा लागीरहने एउटा क्रियाशील तप्का अाज परीधिविहिन डिजिटल श्रोतसाधनका विभिन्न अवसरहरुको ठूलो मञ्चमा बिराजमान छ ।

बि.स. २०४० सालताका भित्रिएको टेलिभिजन एनालग हुँदै डिजिटल र हाईडेफिनेशनमा शानदार यूगमा अभ्यास गर्दैछ । यसबिच टेलिभिजन तथा स्वतन्त्र कार्यक्रम उत्पादकहरुले उत्पादन गर्ने कार्यक्रमहरुमा पनि उल्लेख्य परिवर्तन आएको छ।
डिजिटल यूगमा यूग सुहाउँदो विश्वस्तरीय कार्यक्रम बनाउनु र मेडियाका विभिन्न माध्यमहरुको प्रयोग गर्नु अाजको अावश्यक्ता पनि हो । निरन्तर नवमेडियामा प्रयोग गर्दै अाएको नेपालीको जीवनशैली तथा दैनिक अावश्यक्ताका विविध विषयवस्तु समेटेको नेपालको लोकप्रिय एप यस पटक उपस्थित छ कला तथा मनोरञ्जनसहितको एउटा यस्तो टेलिभिजन सामाग्रीका साथ जसले अाफ्नो उपस्थितिको संकेतमात्रले पनि नेपाली दर्शक श्रोता तथा सङ्गीतप्रेमीहरुमा तरङ्ग ल्याउन सफल भएको छ ।

“हामीले विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) 'द भ्वाइस अफ नेपाल' अब नेपालको सबै भन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रो बिच पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता गर्यौं जस अन्तरगत हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको अाधिकारीक डिजिटल मेडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा 'द भ्वाइस अफ नेपाल'को दर्शक श्रोतासम्म यो सिजनको हरेक एक्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने छ ।” ANC Event Management का प्रल्हाद सिंह महतले बताउनुभयो ।

“निरन्तर विश्वस्तरका मेडिया सामाग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु हाम्रो मूल उद्देश्य हो र द भ्वाइस अफ नेपालको यो ठूलो साङ्गीत यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, अास्था राख्नेहरुका लागि सहयात्री बन्न पाउँदा खुशी लागेको छ” ।

यस अघि नै 'हाम्रो पात्रो'को हाम्रो अडियोमा अहिलेसम्म Blind Audition मार्फत् प्रस्तुत भइसकेका प्रतियोगीहरुका अडियो सङ्गीतहरु सार्वजनिक भर्इसकेको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.