धिरज र साम्राज्ञीको रोमान्टिक गीत -उडायो हावाले | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

धिरज र साम्राज्ञीको रोमान्टिक गीत -उडायो हावाले





ड्रिम्स गर्ल साम्राज्ञी राज्यलक्ष्मी शाहसंग नवाकलाकार धिरज मगरको फ्रेस जोडी देख्न सकिने चलचित्र “इन्टु मिन्टु लण्डनमा”को आज सार्वजनिक भएको “उडायो हावाले” बोलको गीतमा साम्राज्ञी र धिरजको भरपुर रोमान्स देख्न सकिन्छ ।

लगभग १० बर्ष नृत्य निर्देशन गरेर थुप्रै गीतहरुलाई आफ्नो कलात्मक ढंगको प्रस्तुति दिदै आएकी सफल नृत्य निर्देशक रेनेशा बान्तवा राइले प्रथम पटक निर्देशन गरेको चलचित्रको नृत्य निर्देशन को जिम्मा भने बिक्रम लामा र एन्जिला खत्रीले पाएका छन् ।

“उडायो हावाले”मा हर्कुलस बस्नेतको शब्द सङ्गीत सुन्न सकिनेछ र गीतमा अवाज भने सङ्गीतकार हर्कुलस र निखिता थापाको सुन्न सकिनेछ । आइकोर फिल्म्सले निर्माण गरेको यो चलचित्र निर्देशक रेनषा राइ र अभिनेता धिरज मगरको पहिलो चलचित्र पनि हो भने चलचित्रमा यी दुइ का अलावा सारुक ताम्राकार, विजय लामा र पत्रकार दिल भुषण पाठकको पनि उपस्थिति रहेको छ ।

आश्विन ५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको यस चलचित्रले अहिलेको समयमा बनिरहेको नेपाली रोमान्टिक चलचित्रको भन्दा बेग्लै धार दर्शकमाझ प्रस्तुत गर्ने अपेक्षा स्वयम् थुप्रै दर्शकहरु आफैले बनाउन थालेका छन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.