Winners Of Niff | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

"niff २०१९"को विजेता चलचित्रहरु





नेपालसहित विश्वका ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शन भैरहेको niff २०१९ को यो बर्षको संस्करण सम्पन्न भएको छ। हिजो राष्ट्रिय सभा गृहमा प्रदर्शन भएका चलचित्रहरु मध्य विजेता चलचित्रहरुलाई पुरस्कार तथा सम्मान गरेर यो महोत्सवको समापन गरियो। यस महोत्सवमा नेपाली चलचित्र "डाइङ्ग क्यान्डल"ले उत्कृष्ट कथानक चलचित्र जित्न सफल रह्यो। समापन कार्यक्रममा उपप्रधानमन्त्रि तथा रक्षामन्त्रि इश्वर पोखरेलले डाइङ्ग क्यान्डलका निर्माता रबिन आचार्यलाई विजेता पुरस्कार दिएर सम्मान गर्नुभयो।


नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले चलचित्रको पहिचान र स्थापनाको लागि राजधानीमा आयोजना भएको ‘दोश्रो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१९’ मा त्यसबाहेक अन्य थुप्रै विधाहरुमा पनि विजेता चयन भएको थियो। विजेता चलचित्रको पूर्ण बिवरण यसप्रकार छ :

● Gautam Buddha Award for the Best International Feature Film: 'A Land Imagined' (Singapore) by Yeo Siew Hua.
● Mt. Everest Award for the Best International Short Film: 'Meenalaap' (India-Bangladesh) by Subarna Senjutee Tushee.
● Special Jury Award: 'Komola Rocket' (Bangladesh) by Noor Imran Mithu.
● Best National Feature Film: 'Dying Candle' (Nepal) by Naresh Kumar KC.
● Best National Short Film: 'Super Monk' (Nepal) by Shenang Gyamjo Tamang.
● Best Director: National Feature Film: Naresh Kumar KC for 'Dying Candle' (Nepal).
● Best Director: National Short Film: Parichhed Sen for 'Mother' (Nepal).
● Best Screenplay: National Feature Film: Shivam Adhikari for 'Panchayat' (Nepal).


महोत्सवमा नेपालका ६ वटा फिचर र १० सर्ट फिल्म गरी १६ चलचित्र प्रदर्शन भएका थिए भने विदेशी फिल्महरुमध्ये ३१ सर्ट फिल्म र ६ वटा फिचर फिल्म प्रदर्शन राष्ट्रिय सभा गृह र नेपाल टुरिजम बोर्डको भवनमा प्रदर्शन भएका हुन्। कथा वाचन प्रतियोगिता समेत रहेको महोत्सवमा प्रदर्शन भएका मध्ये उत्कृष्ट फिचर फिल्मले एक हजार अमेरिकी डलर पुरस्कार स्वरूप प्राप्त गरेको थियो । साथै छोटो फिल्मतर्फ उत्कृष्ट फिल्मले पाँच सय अमेरिकी डलर पाएको जानकारी प्राप्त भएको छ।चलचित्रमा रुचि भएका मानिसहरुलाई सिक्न, सिकाउन, हेर्न र देखाउन आयोजना भएको यो महोत्सवको सफलताले आयोजक टोलीलाई अर्को संस्करणको लागि थप उत्साहित बनाएको छ। शुभकामना।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.