Yatra The Musical Vlog Concert Song | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

यात्राको तेस्रो कन्सर्ट गीत सार्वजनिक (भिडियो)





चैत्र २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को तेस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘डुली डुली’ गीतमा मेलिना राईको स्वर रहेको छ । गीतमा दिवेश उप्रेती र प्रतिक पौडेलको शब्द रहेको छ भने यसलाई प्रतिकले कोविद बज्रसंग मिलेर कम्पोज गरेका हुन् । गीतलाई डेब्यु गर्ल मलिका महतमा केन्द्रित गरिएको छ । गाउकी तपस्या सहर आइसकेपछि हुने कन्सर्टमा गीत केन्द्रित छ । गीतमा मलिका ब्लाइन्ड छिन् । गीतमा फिल्मका अन्य कलाकारहरु सलिनमान बनिया , जान्वी बस्नेत , रेअर राई , विशाल कटवाल , प्रेक्षा बज्राचार्य लगायत पनि देखिएका छन् ।

डेब्यु फिल्म मार्फत स्ट्याईलिस स्टारको ट्याग पाएका सलिनमान पछिल्लो समय फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ का कारण चर्चामा छन् । डेब्यु फिल्म मार्फत नै एक किसिमको फ्यान फ्लोअर्स पाएका सलिनले दोस्रो फिल्ममा भ्लगरको भूमिका निर्वाह गरेका छन् । सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ ।


यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ ।

भिडियो हेर्नुहोस्: 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.