Yatra The Musical Vlog Quiz | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र 'यात्रा' अफरः ट्रेलर हेरेर उत्तर मिलाउनुहोस्, एक लाख जित्नुहोस्





काठमाडौं, २५ चैत । चलचित्र यात्रा युनिटले आफ्ना दर्शकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । चलचित्रको ट्रेलर हेरेर उत्तर मिलाउने दर्शकले एक लाख रुपैयाँ पुरस्कार जित्ने अफर चलचित्र युनिटले अगाडि सारेको हो ।

प्रतियोगितामा भाग लिन चाहने दर्शकहरुका लागि चलचित्र युनिटले केही नियमहरु अगाडि सारेको छ । चैत २९ गते रिलिज हुन लागेको चलचित्र 'यात्रा'को एक पात्र तपस्याले कसरी दृष्टि गुमाइन् भन्ने प्रश्नको ७ उत्तरमध्ये एक सही उत्तर दर्शकले मिलाएर एक लाख पुरस्कार जित्नेछ ।

मेरोमकै डट कममार्फत् सार्वजनिक गरिएको प्रतियोगितामा भाग लिन https://meromakaii.com/yatra लिंक क्लिक गरेर उत्तर दिनुपर्नेछ ।

यस्ता छन् प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियम र प्रश्न:
चलचित्र 'यात्रा'मा गायिका तपस्याले कसरी दृष्टि गुमाइन् ? कृपया तल दिइएका मध्ये एक उत्तर रोज्नुहोस्-
१. उनी दृष्टिविहीन छैनन् । उनले अभिनय मात्रै गरेकी हुन् ।
२. उनी दुर्घटनामा परिन् र टाउको ठोक्किँदा दृष्टि गुमाइन् ।
३. उनले प्रशस्तै टिभी हेरिन् र हरियो सागसब्जी खाइनन् ।
४. उनी जन्मजात दृष्टिविहिन हुन् ।
५. कसैले यस्तो बनाइदिए, किनकी तपस्याले उनीहरुको गैरकानुनी क्रियाकलाप (हत्याबाहेक) देखेकी थिइन् ।
६. कसैले यस्तो बनाइदिए किनकी तपस्याले उनीहरुले कसैलाई हत्या गरिरहेको देखेकी थिइन् ।
७. माथिका कुनै पनि होइनन् ।

प्रतियोगिताका नियमहरुः
१. 'यात्रा' चलचित्रका कुनै पनि टिम तथा प्राविधिक पक्षका व्यक्ति यसमा भाग लिन पाउने छैनन् ।
२. एकभन्दा बढी उत्तरहरु स्वीकार्य छन् तर सबैभन्दा अन्तिम जवाफले अघिल्ला जवाफहरुलाई विस्थापित गर्नेछन् । सबैभन्दा अन्तिम जवाफ मान्य हुनेछ ।
३. एकभन्दा बढी व्यक्तिहरुको सही उत्तर भएमा लक्की ड्रद्वारा भाग्यशाली विजेता घोषणा प्रदान गरिनेछ । लक्की ड्रलाई फेसबुकबाट लाइभ प्रसारण गरिनेछ ।
३. प्रतियोगताको समय नेपाली समयअनुसार १२ अप्रिल, शुक्रबार बिहान ८ बजे सकिनेछ र पुरस्कार घोषणा ३ मे २०१९, शुक्रबारको दिन हुनेछ, जसलाई फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ ।
४. प्रतियोगितामा संसारका जोकोहीले पनि भाग लिने सक्नेछ । यदि भाग्यशाली विजेता नेपालबाहिरको भएमा, विजेताले तोकेको व्यक्ति वा नेपालको कुनै गैरनाफामुलक संस्थालाई पुरस्कार प्रदान गरिनेछ ।
५. यो प्रतियोगिता रमाइलोको लागि गरिएको हो । त्यसैले कृपया तपाईंको साथी र परिवारसँग शेयर गर्नुहोस् र रमाइलो गर्नुहोस् ।



Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.68
  • 111.28
  • European euro
  • 124.48
  • 125.16
  • UK pound sterling
  • 143.93
  • 144.71
  • Swiss franc
  • 109.17
  • 109.77
  • Australian dollar
  • 79.16
  • 79.59
  • Canadian dollar
  • 82.76
  • 83.21
  • Singapore dollar
  • 81.67
  • 82.11
  • Japanese yen (10)
  • 9.89
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.51
  • 16.6
  • Saudi Arabian riyal
  • 29.51
  • 29.67
  • Qatari riyal
  • 30.4
  • 30.56
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.13
  • 30.3
  • Malaysian ringgit
  • 26.78
  • 26.93
  • Korean Won (100)
  • 9.74
  • 9.79
  • Swedish Krone
  • 11.91
  • 11.97
  • Danish Krone
  • 16.67
  • 16.76

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम