एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू





एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर नेपालले एसिया कप २०२३ मा आफ्नो स्थान पक्का गर्यो।
सन् २००२ मा नेपालले एसिया कप खेल्ने अवसर पाएतापनि भारत-पाकिस्तानको राजनीतिक विवादले गर्दा एसिया कप रद्द हुन पुगेको थियो । त्यसकारण पनि यो नेपालको पहिलो एसिया कप सहभागिता हो ।

सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाएर नेपालले विश्व क्रिकेट जगतमा आफ्नो छाप छोड्न सफल भएको थियो, तर त्यसएता नेपालको फितलो प्रदर्शनले गर्दा नेपाली क्रिकेट उचाई तर्फ लम्कन भने सकेन। अहिले मोन्टी देसाईको आगमनसँगै सुधारिएको देखिने हाम्रो खेलाडीहरूकै उत्कृष्ट खेलको कारण नेपाल एसिया कप २०२३ मा पहिलो पटक भारत र पाकिस्तानको उत्कृष्ट टिमसँग खेल्ने सुनाैलो अवसर पाएको हो ।

एसिया कपमा कडा प्रतिष्पर्धी विरुद्ध नेपालले कस्तो प्रदर्शन गर्छ होला भनेर अहिले सबै नेपालीहरू उत्सुक छन् । यसैबीचमा हामीले यस एसिया कप २०२३ मा प्रभाव पार्न सक्ने नेपालका पाँच खेलाडीहरू छानेका छौं, जसबाट सम्पूर्ण नेपालीहरूले उत्कृष्ट प्रदर्शनको अपेक्षा राखेका छन् :

१. सन्दिप लामिछाने:
आईपिएल र संसार भरिको टि-ट्वान्टी लीगहरूमा आफ्नो प्रतिभाले प्रभावभित गरेका सन्दिपले ओडिआईमा पनि आफ्नो क्षमताको मद्दतले नेपाललाई सफलता दिन महत्वपूर्ण भूमिका खेलेका छन् । एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडीको रेकोर्ड उनकै नाममा रहेको छ । विश्वभरिको लिगमा चर्चित खेलाडीहरूसँग खेल्ने अनुभव भएका सन्दिप लामिछानेबाट यो एसिया कपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्नु स्वभाविक नै हो ।

२. दिपेन्द्र सिंह ऐरी
कुनैबेला पारस खड्कालाई “Future of Nepali Cricket” भनेर प्रश्न गर्दा उनले सन्दीप पछि लिएको अर्को नाम भनेको दिपेन्द्र सिंह ऐरीको नै हो । सन् २०१६ मा अन्डर १९ विश्वकप खेलिसकेका एरीले सिनियर टिममा सन् २०१७ मा केन्या विरुद्ध १७ वर्षको उमेरमा डेब्यु गरेका थिए । दिपेन्द्र सिंह ऐरीलाई नेपालको थ्री डाईमेन्सन प्लेयरको रूपमा हेरिन्छ । उनले जुनसुकै बेला आफ्नो बलिंग, ब्याटिंग र फिल्डिंगको मद्दतले खेललाई नेपालको पक्षमा ढल्काउने क्षमता राख्दछन् । छोटो रन लिने खुबी भएका दिपेन्द्रले आफ्नो ब्याटिंग मार्फत नेपाल टिमलाई आवश्यक पर्ने साझेदारीहरू प्रदान गर्न सक्छन् । यो एसिया कपमा उनको अव्वल अल राउन्ड प्रदर्शनको नेपाली टिमले अपेक्षा राख्नेछ ।

३. सोमपाल कामी
नेपाली क्रिकेट टोलीका तीब्र गतिका बलर हुन् सोमपाल कामी । शुरुवातको पावरप्लेमा आफ्नो स्विंग बलिंगको मद्दतले उनले विकेट निकालेर विपक्षी टिमलाई शुरुवाती दबाब प्रदान गर्न सक्छन् । त्यति मात्र नभएर आवश्यकता पर्दा सोमपालले आफ्नो ब्याटिंगबाट समेत टिमलाई धेरै खेलहरूमा उकासेका छन् । ज्ञानेन्द्र मल्लको सन्यासपछि सोमपाल नेपाली टिमको सबैभन्दा अनुभवी खेलाडी हुन् । २०१४ मा विश्वकप समेत खेलेर आइसकेका सोमपालको अनुभव यो ठूलो प्रतियोगितामा अवश्य आवश्यक पर्नेछ ।

४. कुशल भुर्तेल
सन् २०२१ मा पपुवा न्यु गिनी विरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय खेलबाट शुरुवात गरेका कुशल भुर्तेल ओपनिङ ब्याट्सान हुन् । छोटो समयमा नै आफ्नो ब्याटिंगका कारण चर्चा बटुल्न सकेका उनले एसिया कपमा नेपाललाई ब्याटिंग गर्दा उत्कृष्ट शुरुवात दिलाउन महत्वपूर्ण भूमिका खेल्नेछन् । भारत र पाकिस्तानका तिब्र गतिका बलरहरूको स्विंग र सिम खेल खेल्न मुस्किल हुन्छ, त्यस्तोमा कुशलको संयमता र फोकसको परिक्षा हुनेछ । नेपाललाई उत्कृष्ट शुरुवात दिलाउन उनको योगदान महत्वपूर्ण हुन्छ ।

५. रोहित कुमार पाैडेल
२० वर्षीय रोहित पाैडेल नेपाली टिमका कप्तान हुन् । उनी एक दिवसीय अन्तर्राष्ट्रियमा दोश्रो कान्छाे कप्तान हुन् ।
उनी एकदिवसीय क्रिकेटमा नेपालका सर्वाधिक रन बनाउने र १००० रन पूरा गर्ने पहिलो खेलाडी पनि हुन् । उनको नेतृत्वमा नेपालले सन् २०२३ मेमा एसीसी प्रिमियर कप जितेर एसिया कप २०२३ खेल्ने अवसर पाएको हो ।
मध्यक्रममा ब्याटिंग गर्ने रोहितको काँधमा आवश्यकता अनुसार खेललाई अगाडि बढाउने जिम्मा हुनेछ । उनको ब्याटिंग र कप्तानी निर्णयहरू यो एसिया कपको लागि निक्कै महत्वपूर्ण हुनेछ ।

एसिया कप २०२३ मा नेपालको खेलको लाइभ अपडेट हाम्रो पात्रो एपमै हेर्न सकिनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.