Nepal Viruddh Bharat | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

नेपाल विरुद्ध भारत : पूर्व समीक्षा





पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको टिम नेपाललाई दोश्रो खेल निक्कै महत्वपूर्ण छ । एसिया कपमा नेपालले सहभागिता मात्र जनाउन हैन, प्रतिष्पर्धा गर्न आएको हो भनेर विश्वलाई देखाउने अवसर छ । तर, भारत जस्तो कडा प्रतिष्पर्धीसँग उत्कृष्ट प्रदर्शन गर्नु नेपालको लागि अवश्य कठिन छ ।

नेपालले जस्तै एसिया कपमा भारतले पनि आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्यो । वर्षाका कारण खेलबाट नतिजा आउन सकेन । हुन त नेपाल र भारत बीचको खेल पनि वर्षाले प्रभावित पार्ने सम्भावना प्रबल छ। तर, नेपाली समर्थकहरू भारतसँगको खेल जसरी भएपनि सम्पन्न होस् भन्ने पक्षमा छ । प्रिमियर कप जस्तो ठूलो प्रतियोगिता जितेर एसिया कप पुगेको नेपाल एक खेल मात्र खेलेर फर्किनु पर्यो भने नेपाली क्रिकेट प्रेमीहरूलाई बेमज्जा हुन्छ । खेल पनि होस् अनि खेल उत्कृष्ट पनि होस् भन्ने सबैको इच्छा छ।

विश्वकपको तयारीमा रहेको भारतले विकेटकिपर ब्याट्सम्यान के एल राहुल र आफ्नो पहिलो सन्तानको जन्म हुनलाग्दा छुट्टी लिएका जसप्रित बुमराह बिना नै यो खेल खेल्नेछन् । पहिलो खेलमा सोचे अनुरुप ब्याटिंग प्रदर्शन नगरेको भारतले आफ्नो कमी कमजोरीहरू सुधार्ने प्रयास गर्नेछ। तर यदी नेपाल कमजोर टिम हो भनेर कम आकेमा भारतले पक्कै पनि नेपाललाई अवसरहरू प्रदान गर्नेछ । ठूलो खेलमा नेपालले सानो सानो कुराहरू आफ्नो पक्षमा लाग्दै जानुपर्नेछ । क्याचहरू छाडेमा फेरीपनि पाकिस्तानसँग जस्तै हारको सामना गर्नुपर्ने हुन्छ । किनकि भारतका विश्वस्तरीय खेलाडीहरूले दोश्रो मौका हत्तपत्त दिदैनन् ।

पाकिस्तानसँगको खेल पछि नेपालले पनि आफूले सुधार्नु पर्ने क्षेत्रहरूको विशेष ध्यान राखेको होला । एक दिवसीय खेलमा विकेट गएपछि साझेदारी आवश्यक हुन्छ, नेपालका खेलाडीहरूले यसमा विशेष ध्यान दिनुपर्ने हुन्छ । टप अर्डरका ब्याट्सम्यानले आफ्नो विकेट सम्हाल्न ध्यान दिनुपर्ने हुन्छ । आफ्नो विकेटलाई महत्व दिएर खेले अवश्य पनि नेपालले पाकिस्तानसँग भन्दा राम्रो खेल प्रस्तुत गर्नेछ ।

टिमको सन्तुलनको लागि भिम सार्कीको बिना नै मैदानमा उत्रिएको टिम नेपालले दोश्रो खेलमा पनि कुनै परिवर्तन गर्छ जस्तो लाग्दैन । भारतको लागि भने जसप्रित बुमराहको स्थानमा मोहम्मद शामी आउने लगभग पक्का छ ।

नेपालको सम्भावित ११ :
कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोम्पाल कामी, सन्दीप लामिछाने, करण केसी, ललित राजबंशी

भारतको सम्भावित ११ :
रोहित शर्मा, शुभमन गिल, विराट कोहली, श्रेयस अईयर, इशान किशन, हार्दिक पाण्ड्या, रविन्द्र जाडेजा, शार्दुल ठाकुर, मोहम्मद शमी, मोहम्मद सिराज, कुलदीप यादव

एसिया कपको दोश्रो खेलको लागि नेपाललाई शुभकामना । तपाईंहरूले एसिया कपको सम्पूर्ण खेलको लाइभ अपडेटहरू हाम्रो पात्रोमा हेर्न सक्नुहुनेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.