ऐतिहासिक जित, सम्मानजनक हार या लज्जास्पद हार, नतिजा जे जस्तो आए पनि एसिया कपको पहिलो खेलमा नेपाली टोली पाकिस्तानविरुद्ध मैदानमा उत्रिँदा सम्पूर्ण नेपालीहरूको मन उत्साहित हुनेछ ।
किनकि यो सहभागिता नेपाली खेलप्रेमी को लागि एउटा उत्सव भन्दा कम छैन । पाकिस्ताको मुल्तान क्रिकेट स्टेडियममा एसिया कप २०२३ को उद्घाटन खेल नेपाल र पाकिस्तान बीच हुँदै छ ।
मुल्तानको पिचहरुमा टन्नै रन बन्ने आँकलन गर्न सकिन्छ । यस्तो अवस्थामा नेपालले पहिले ब्याटिङ गर्नुपरेमा सम्मानजनक स्कोर सम्म पुग्ने आशा गर्न सकिन्छ । Batting Depth राम्रो भएको नेपाली राष्ट्रिय टोलीमा पहिलो खेलमा टप अर्डरका ब्याट्सम्यानको भूमिका महत्वपूर्ण हुन्छ । किनकि पाकिस्तानी तीव्र गतिका बलर विश्वभरि नै आफ्नो swing seam र Pace को लागि चर्चित छन् । यस्तोमा नेपालको टप अर्डरको ब्याट्सम्यान कुशल, आसिफ र भिम सार्कीको Patience को परीक्षा हुने तय छ । यदि पहिलो powerplay मा नेपालले विकेट सम्हाल्न सके नेपाल अवश्य पनि एउटा सम्मानजनक स्कोर तर्फ अघि बढ्न सक्छ । त्यसैले नेपालले टस जितेमा ब्याटिङ गर्नु लाभदायक हुनसक्छ किनकि मुल्तानको पिचले खेलको पछिल्लो चरणमा स्पिन बलरलाई मद्दत पुर्याउने आँकलन गर्न सकिन्छ । सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी र कुशल मल्लले नेपालको स्पिन बलिङको जिम्मा सम्हाल्नेछन्।
नेपाल र पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि फर्म्याटमा आमनेसामने खेलेका छैनन्, तर सन् २०१५ मा युएईमा आयोजना गरिएको अनौपचारिक अभ्यास खेल भने भएको थियो । पाकिस्तानले अज्हर अलीको ७३ रनको योगदानले ३०७ रनको लक्ष्य नेपाललाई दिएको थियो, जसको जवाफमा नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर २०५ रन जोडेको थियो ।
एसोसिएट राष्ट्रहरूसँगको प्रतिषपर्धामा नेपालले आफ्नो राम्रो खेल प्रदर्शन गरिरहेको थियो तर जिम्बावेमा भएको विश्वकप छनोटका खेलहरूमा हारको सामना गर्नु परेको थियो भने अर्कोतर्फ पाकिस्तानले श्रीलंकामा अफगानिस्तानविरुद्धको एकदिवसीय शृंखलामा शानदार जित निकालेको थियो । पाकिस्तानको खेलको फर्म हेर्ने हो भने तत्कालका ५ खेलमा ४ वटामा जितेको छ भने नेपालले २ खेलमा जितेको छ ।
१६ औँ एसिया कपमा नेपालको युवा टिम र पाकिस्तानको अनुभवी प्लेयरहरू बीचको भिडन्तमा नेपालको लागी जीतको सम्भावना कम रहेपनि, उक्त दिनमा कसले उत्कृष्ट खेल्छ भन्ने कुराले मात्र विजेता निर्धारण गर्नेछ ।
नेपालको सम्भावित ११ :
कुशल भुर्तेल, आसिफ शेख, भीम शार्की, रोहित कुमार पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, सोम्पाल कामी, सन्दीप लामिछाने, करण केसी / ललित राजबंशी
पाकिस्तान सम्भावित ११ :
फखर जमान, इमाम उल हक, बाबर आजम , मोहम्मद रिजवान , आगा सलमान, इफ्तिखार अहमद, शादाब खान, मोहम्मद नवाज, शाहीन शाह अफ्रिदी , नसीम शाह, हरिस रउफ
आइसीसी टिम वरियतामा पहिलो स्थानमा रहेको पाकिस्तानले पछिल्लो पटक सन् २०१२ मा एसिया कप जितेको थियो भने दुई पटक उपविजेता भएको थियो । एक दशकको लामो अन्तराल पछि तेश्रो पटक उपाधि जित्ने उत्साहसाथ पाकिस्तानको बलियो टोली मैदानमा आउनेछन् ।
एसिया कपको पहिलो खेलको लागि नेपाललाई शुभकामना । तपाईंहरूले एसिया कपको सम्पूर्ण खेलको लाइभ अपडेटहरू हाम्रो पात्रोमा हेर्न सक्नुहुनेछ ।
Liked by: