डिभीजन २ म तयारीमा व्यस्त सन्दीप र नेपाली राष्ट्रिय टोलीका अन्य क्रिकेटरहरुले डिभीजन २ मा पहिलो २ स्थान प्राप्त गरेमा यसैबर्ष मार्चमा हुने बिश्वपव छनौटमा नेपाल पुग्नेछ । सन्दीपवाट नेपाली क्रिकेटले धेरै आश गरेको छ । सन्दीपलाई शुभकामना ।
आईपीएल अर्थात ईण्डियन क्रिेट लिग, संभवत बिश्वकै सबैभन्दा ठूलो क्रिकेटको मेला हो । यसबर्ष नेपाली खेलाडी सन्दीप लामीछाने पनि आईपीएलको अक्शन लिष्टमा परेका छन् । बिश्व क्रिकेटकै सबैभन्दा ठूलो लिगमा नेपाली खेलाडी पनि अक्शनमा परेको यो प्रथम पटक हो । बिश्वका क्रिकेटप्रेमीहरु को आँखा अहिले आईपीएलमा छ र यस बर्ष नेपाली खेलाडी पनि अक्शनमा समावेश भएकाले नेपालीहरुको पनि चाख बढेको छ । अनक्याप्ड भारतीय अनि बिदेशी खेलाडीका सूचीमा अक्शनमा रहेका सन्दीप लगायत अन्य ९ जना यूवा खेलाडीहरुको पनि भाग्यपरीक्षा आईपीएल को अक्शनमा हुदैछ ।
आईपीएलमा कूल ८ वटा टीमहरु सामेल रहनेछन् । यिनमध्य कुन टीमले अक्शनमा रहेका खेलाडीहरुहरु लाई खरिद गर्नेहुन् या नगर्नेहुन् चाही जनवरि २८ सम्ममा थाहा हुनेछ । अनक्याप्डमा सन्दीप लगायत अन्य ७ भारतीय, १ अष्ट्रेलियन अनि १ वेस्ट इण्डिजका यूवा खेलाडी अक्शनमा छन् । यि सबै यूवा खेलाडीहरुको मुल्य २० लाख भारु रहनेछ । हिन्दुस्तान टाइम्सले लेखेको छ कि अष्ट्रेलियाका भूतपूर्व कप्तान मीकाइल क्लार्कले प्रशंसा गरेका नेपाली लेग स्पीनर १७ बर्षे सन्दीपको धेरै अघि जाने संभावना छ भने बमोजिम यस बर्ष आईपीएलमा पनि उन्लाई अक्शनमा राखिएको छ । क्लार्ककै प्रशंसा सापट लिएर हिन्दुस्तान टाइम्सले सन् २०१६ को बगंलादेशमा भएको यू १९ बिश्वकपमा सन्दीपले ६ इनिगंमा लिएको १४ स्काल्पको उल्लेख गरेको छ । उक्त अन्डर १९ बिश्वकपमा सन्दीप दोश्रो धेरै विकेट लिने बलर भएका थिए । सन्दीपको आईपीएल को संलग्नताले नेपाली क्रिकेटको पनि दिशा परिवर्तन हुने संभावना भनेर लेखिएको छ ।
हरेक बर्ष भारतका ८ शहरहरु प्रतिनिधित्व गर्ने गरि अप्रिल र मे महिनामा आईपीएल खेल हुने गर्दछ । सन् २००७ बाट आईपीएल शुरु भएको हो । सन् २०१७ मा ५ दशमलव ३ बिलियन अमेरिकी डलर को मुल्याकंन गरिएको आईपीएल ले मात्रै सन् २००५ मा भारतको कूल ग्राहस्थ उत्पादनमा १८२ मिलियन अमेरिकी डलर प्रदान गरेको बीसीसीआई को प्रतिवेदनमा उल्लेख छ । गत बर्ष मुम्बई ईण्डियनको आईपीएल मा जित भएको हो । हरेक टीमले बढिमा ४ जना मात्र बिदेशी खेलाडी लिन सक्दछन् । जहाँसम्म आईपीएलमा नेपाली सन्दीपको कुरा छ, बास्तवमै नेपालका यिनी यूवा खेलाडीको अन्तराष्ट्रिय बजारमा माग र पहिचान बढ्दै गएको भने हो । यसअघि पनि सन्दीप बगंलादेश प्रिमीयर लिग अनि पाकिस्तान सुपर लिगको ड्राफ्टमा परिसकेका छन् । आईपीएलको अक्शन सूचीमा परेका १००० आवेदनलाई प्रार्थमिक्तमा राख्दा सन्दीप पनि परेका हुन् । आईपीएल एउटा व्यबसाहीक र महत्वाकांक्षी खेल हो, यसमा दर्शक अनि समर्थनको मार्केटिगं पनि उत्तिनै जरुरी छ जति जितको छ । गत बर्ष अफगानिस्तानका मोहम्मद नाबी र राशिद खान आईपीएलमा छनौट भएपछि आईपीएलले अफ्गानी दर्शक, चासो र समर्थन पनि प्रशस्त कमाएको छ । नेपाली कन्टेस्टेन्टहरु लाई पनि प्रार्थमिक्तामा राखेर बिभिन्न रियालीटी शोहरुले नेपाल अनि नेपाली डायस्पोरामा समेत चर्चा बटुलेको अनुभव भएका भारतीय मिडीयाका कैयन उदहारणहरु हामीले देखेका छौं । अब आईपीएलमा नेपाली सुपर क्रिकेटरको छनौट भने हेरिन जरुरी छ । डिभीजन २ म तयारीमा व्यस्त सन्दीप र नेपाली राष्ट्रिय टोलीका अन्य क्रिकेटरहरुले डिभीजन २ मा पहिलो २ स्थान प्राप्त गरेमा यसैबर्ष मार्चमा हुने बिश्वपव छनौटमा नेपाल पुग्नेछ । सन्दीपवाट नेपाली क्रिकेटले धेरै आश गरेको छ । सन्दीपलाई शुभकामना ।
हाम्रो पात्रो
Liked by: