खेलको म्यान अफ द म्याच युएईका अस्फाक अहमद भए भने डिभिजन टूको ‘प्लेयर अफ दि टुर्नामेन्ट’ नेपाल का सन्दिप लामिछाने घोषित भए । योसंगै विश्व क्रिकेट लिग डिभिजन टूको सम्पूर्ण समीकरण पुरा भएको छ भने नेपाल र युएई डिभिजन एकमा बढुवा भएका छन् । सन् २०१९ मा हुने आइसीसी विश्वकप क्रिकेट क्वालिफायर्सकालागि समेत छनोट भएको छ ।