एउटा रोचक खेल जसले भित्र्याउन सक्छ अर्कोपटक ओलम्पिकमा नेपालमा पदक | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

एउटा रोचक खेल जसले भित्र्याउन सक्छ अर्कोपटक ओलम्पिकमा नेपालमा पदक





नेपाल खेलकुदमा दिन प्रतिदिन उदाइरहेको देश हो । यहाँ बिभिन्न थरिको खेलकुद खेल्ने गरिन्छ । त्यस्तै एउटा रोचक खेल नेपाली खेलाडीहरुले बिगतको ७ बर्ष देखि खेल्दै आएका छन् र विश्व सामु त्यहि खेलमा नेपाललार्इ उच्च स्थानमा राख्न सफल भैरहेको छन्, त्यो रोचक खेल हो रोल बल ।

रोल बल अर्थात स्केटमा चिप्लदै खेलिने बास्केटबल किसिमको खेल । यो बास्केटबल भन्दा भिन्न किन छ भने यहाँ खेलाडीहरुले गोल बास्केटमा हैन , फुटबल जस्तो गोल पोस्टमा हान्नु पर्दछ । नेपालले सन् २०१० देखि रोल बल खेल्न सुरु गरेको हो र सायद धेरै खेलकुद प्रेमीहरुलाई पनि यो थाहा नहुन सक्छ कि अहिलेको समयमा लगभग ६० भन्दा बढी देशमा खेलिने यो खेलको विश्व सुचीमा अहिले नेपालको स्थान उत्कृष्ट ५ मा रहेको छ ।

अर्कोपटकको ओलम्पिकमा रोल बल खेलिने लगभग तय भैसकेको अवस्थामा र सोहि खेलमा नेपालको अहिलेको प्रस्तुति हेर्ने हो भने यो टिमले अब आउने ओलम्पिकमा नेपालमा पदक ल्याउन नसक्ला भनेर भन्न सकिन्न । रोल बलका खेलाडीहरुलाई सोहि किसिमको तैयारी र प्रोत्साहनको आवश्यकता छ ।

यहि पौष १४ र १५ गते दशरथ रङ्गशालामा हुने तेश्रो दक्षिण एसियाली रोल बल च्याम्पियनशिपमा नेपालको प्रतिस्पर्धा अरु ७ देशसंग हुदैछ । यो कडा प्रतिस्पर्धामा नेपालि खेलाडीहरुको हौसला बढाउन अवश्य दशरथ रङ्गशाला पुग्न जरूरी छ ।

रोल बलको बारेमा थप रोचक कुराकानीहरु हाम्रो पात्रोले यस खेलको नेपालका कोच सुनिल ढागी पाटिलसंग गरेको छ । भिडियोमा अवश्य हेर्नुहोला :



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.