सन्दीप अब आईपीएलमा | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

सन्दीप अब आईपीएलमा




सन्दीपले अमित मिश्रासंग अरुभन्दा धेरै सिक्न पाउने छन् भन्ने अनुमान धेरैले लगाएका छन् । यो खुशीको क्षणमा सन्दीप लगायत सबै नेपाली क्रिकेट प्रेमीलाई बधाई । बिश्वकपको छनौट खेलको डिभीजन ४ मा पनि नेपालको शिर उच्च राख्न सकुन्, सन्दीपलाई बधाई । सन्दीप लाई दिल्ली डियरडेभिल्सले स्वागत गर्दै गरेको ट्वीटमा उन्लाई प्रथम नेपाली क्रिकेटरका रुपमा आईपीएलमा स्वागत गरिएको उल्लेख छ ।



आईपीएल अर्थात ईण्डियन क्रिेट लिग, संभवत बिश्वकै सबैभन्दा ठूलो क्रिकेटको मेला हो ।  यसबर्ष नेपाली खेलाडी सन्दीप लामीछाने पनि आईपीएलको अक्शन लिष्टमा परेर छानिएका छन्। बिश्व क्रिकेटकै सबैभन्दा ठूलो लिगमा नेपाली खेलाडी पनि अक्शनमा परेको अनि छानिएको यो प्रथम पटक हो । यस अर्थम आज नेपाली क्रिकेट प्रेमीहरुका लागि बहुतै हर्षको दिन पनि हो ।
अब सन्दीप आईपीएलमा देखा पर्ने छन् । यो बास्तवमै नेपाली क्रिकेट खेलाडीको लागि गर्वको कुरा हो ।
दिल्ली डेयरडेभिल्सले सन्दीपर्ला भारु २० लाख खर्च गरेर किनेको हो । अब अष्ट्रेलियन पूर्व क्याप्टेन र दिल्ली डिर डेभिलल्सका कोच रिकी पोन्टीगंसंग प्रत्यक्षरुपले सन्दीपले सिक्ने र तालिम पाउने छन् ।
यसका अलावा अन्य बिश्वप्रसिद्ध खेलाडीहरु गौतम गम्भीर, म्याक्स वेल, मुन्रो, कागिसो रवाडा र मोहम्मद सामीसंग खेल्न पाउने भएका छन् । 

अष्ट्रेलियाका भूतपूर्व कप्तान मीकाइल क्लार्कले प्रशंसा गरेका नेपाली लेग स्पीनर १७ बर्षे सन्दीपको धेरै अघि जाने संभावना छ भनेका थिए । उनले सन्दीपलाई अष्ट्रेलिया बोलाएर केही स्थानीय खेलहरु पनि खेलाएका हुन् । हरेक बर्ष भारतका ८ शहरहरु प्रतिनिधित्व गर्ने गरि अप्रिल र मे महिनामा आईपीएल खेल हुने गर्दछ । सन् २००७ बाट आईपीएल शुरु भएको हो । सन् २०१७ मा ५ दशमलव ३ बिलियन अमेरिकी डलर को मुल्याकंन गरिएको आईपीएल ले मात्रै सन् २००५ मा भारतको कूल ग्राहस्थ उत्पादनमा १८२ मिलियन अमेरिकी डलर प्रदान गरेको बीसीसीआई को प्रतिवेदनमा उल्लेख छ ।
गत बर्ष मुम्बई ईण्डियनको आईपीएल मा जित भएको हो । हरेक टीमले बढिमा ४ जना मात्र बिदेशी खेलाडी लिन सक्दछन् । जहाँसम्म आईपीएलमा नेपाली सन्दीपको कुरा छ, बास्तवमै नेपालका यिनी यूवा खेलाडीको अन्तराष्ट्रिय बजारमा माग र पहिचान बढ्दै गएको हो ।
सन्दीपले अमित मिश्रासंग अरुभन्दा धेरै सिक्न पाउने छन् भन्ने अनुमान धेरैले लगाएका छन् । यो खुशीको क्षणमा सन्दीप लगायत सबै नेपाली क्रिकेट प्रेमीलाई बधाई । बिश्वकपको छनौट खेलको डिभीजन ४ मा पनि नेपालको शिर उच्च राख्न सकुन्, सन्दीपलाई बधाई । सन्दीप लाई दिल्ली डियरडेभिल्सले स्वागत गर्दै गरेको ट्वीटमा उन्लाई प्रथम नेपाली क्रिकेटरका रुपमा आईपीएलमा स्वागत गरिएको उल्लेख छ ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.