सन् २०१८ को बिश्वकप फुटबल छनौट | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

सन् २०१८ को बिश्वकप फुटबल छनौट




   Suyog Dhakal - Oct 13 2017

कूल २३ वटा देश छानिएकामध्य ७ वटा पूर्व बिश्वकपहरुमा राम्रो खेलेका देशहरु छानिएनन् ।



भकुण्डो वास्तवमा फुटबलको नेपाली नाम हो, भकुण्डो नाम उत्ति चलनचल्तीमा छैन हाम्रो नेपालमा । फुटबल खेलको रोमाञ्चकताबाट नेपाल पनि पूर्णत प्रभावीत छ, पुराना या नँया फुटबल टिमहरु, खेलाडीहरु अनि तिनका नामहरु मुखाग्रे भएका पुस्ता छ्यापछ्याप्ती छौं ।

रानी पोखरी कर्नर टीम लगायत आहा गोल्ड कप देखि स्थानीय क्लब अनि घरगाँउका खसी र कुखुरा कपसम्म हामीले उत्साहजनक हिसाबले हेरेका छौं । यूरोकप देखि साफ च्याम्पेयनिसीपसम्म अनि वल्र्ड कप फुटबल त उहिले एन्टीना घुमाउने जमानादेखि श्यामस्वेत टिभीमा हेरेको अनुभव नेपालसंग छ ।

आफ्ना मनपर्ने टिमका जर्सी लगाएर बिपक्षी टिमको बिरुद्ध झगडा र घम्साघम्सीसम्म गर्न तम्सीने नेपालीहरु लगायत सम्पूर्ण बिश्वनै सन् २०१८ को सरियामा हुने वल्र्ड कप फुटबलको पर्खाईमा बसेको छ । सन् २०१८ को १४ जून बाट १५ जुलाई सम्म फिफा वल्र्डकप फुटवल २०१८ का गेमहरु हुनेछन् ।

यस वल्र्डकपबाट अचम्मसंग नेदरल्याण्ड अर्थात हल्याण्ड छनौट हुन सकेन भनें त्यस्तै चीन, वेल्स, इराक, घाना, अमेरिका र चिले पनि बाहिरिएका छन् । यस पटक पानामा पनि छनौट भएको हो, यस देशले आफ्ना छिमेकीहरु मेक्सिको र कोस्टारिकासंगै बिश्वकप यात्रा तय गर्दै छ ।

आँफैले सन् २००२ मा बिश्पकप फुटबल आयोजना गरेपछि एक्कासी दमदार प्रस्तुती दिएका आयोजक राष्ट्र द्धय जापान र दक्षिण कोरिया दुबै यस बिश्वकपमा छनौट भएका छन् । यसका साथै एसियाबाट ईरान र साउदी अरब पनि छनौट भएका छन् ।

अफ्रिकाबाट भने नाईजेरिया र ईजिप्ट छनौट भएका छन् । सबै भन्दा धेरै यूरोपबाट देशहरु आएका छन् , यूरोपका ९ वटा देश छनौट भएका छन् । यूरोपका देशहरुमा आयोजक राष्ट्र रुस स्वतः छानिएको छ भने बेल्जियम, जर्मन, वेलायत, फ्रान्स, आईसल्याण्ड, पोल्याण्ड, पोर्चुगल र सर्विया छानिएका छन् ।

कूल २३ वटा देश छानिएकामध्य ७ वटा पूर्व बिश्वकपहरुमा राम्रो खेलेका देशहरु छानिएनन् । अर्कोतिर बिश्वकपका दावेदार देशहरु भएको दक्षिण अमेरिकाबाट भने यसपटक १० वटा देशहरु छानिएका छन् । यि देशहरुमा भेनेजुयला, बोलभिया, इक्वेडर, पाराग्वे, चिले, पेरु, कोलम्बीया, अर्जेन्टिना, उरुग्वे र ब्राजिल रहेका छन् ।

सबै देशहरुलाई शुभकामना ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.