आमा मलाई जन्म दियौं प्राण दियौं
नौ महिना पेटमा राखी संसारमा ल्यायौं
लडेर उठ्न हिँड्न मलाई सिकायौं
मेरो दु:ख सँग तिम्रो सुख साट्यौ !!
राती राती आफू नसुती मलाई सुतायौं
आफै भोकै भए पनि मलाई खुवायौं
केही उमेर बढेपछि संसार लाई चिनायौं
अरुको आदर सम्मान गर्न मलाई सिकायौं !!
मैले तिम्रो मन दुखाउँदा ठुस्स परि बसियौं
फेरी एकैछिनमा छोरा भनि मलाई पुर्कायौं
तिम्रो ममताको सागर छ गहिरो अनि अनन्त
तिमीले गरेको मायाको तस्बिर छ यो मनमा जिवन्त !!
आमा तिम्रो महानताको बयान गर्न मसँग शब्द छैन
आमा तिम्रो मायापर त्यहाँ अरु कुनै देव छैन
आमा तिम्रो जस्तो प्रेम, यहाँ निश्वार्थ अरु केही छैन
आमा तिम्रो बयान यहाँ जति गरे पनि सकिने छैन !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: