पाखो कोरेर सिकाए होलान्
मलाई कुलेसो – क
खरबारी मा- ख,
गाईगोठ मा -ग !
नबनाको भए यती सुन्दर घर बाले –
कसले गर्थो होला आबिस्कार
घर जस्तो – ‘घ’ को?
बा नभएको भए –
यती बलियो हुन्थ्यो होला – ढोका को आग्लो ?
ओत दिइरहन सक्थो होला छानो ले मात्रै ?
सुनौलो नै हुन्थ्यो कि अर्कै हुन्थ्यो – धान ?
हिरा नै चपाइन्थो कि अरु नै – थाल मा ?
अरु केही छ कि छैन संसार मा
बा को पसिना जस्तो अमुल्य रत्न ?
सोच्दै छु –
मेरो जिबन को बिम्ब के हुन्थ्यो होला
बा ले कुलेसो मा पानी नबगाएको भए ?
घाम ले बिहानै उज्ज्यालो ल्याउन सक्थ्यो कि सक्दैनथो –
बा ले हास्न छोड्ने भए !
बा नै हुन् –
आमालाई गुरास जस्तै फुलाउने – प्रकृति
करेसाबारी लाई हरियो रङ पोत्ने –
कुचिकार
मेरो किताब बाट भैंसी झिकेर
अक्षर राखिदिने महान- सर्जक !
अहो !
बाले ‘गोरु ‘ नभनेको भए
कसरी जोत्थें हुला मैले
जिबन का बाझाँ गराहरु
र रोप्थें हुला –
फुलिरहेका यि सपनाहरु ????
Liked by: