आशीर्वाद!
यो वडादशैँको, त्यसै पाइँदो रहेनछ
यहाँ युग परिवर्तन भएको हो या युगको सञ्चालक
बस्, यहाँ त सब किन्नु पर्दो रहेछ
हो,
मन्दिरभित्र भग्वान
कार्यलयमा कर्मचारी
पसलमा सामाग्रीहरू
संसदमा सरकार
अदालतमा संविधान किनिए झै
विजयादशमीमा आशिर्वाद किन्नु पर्दो रहेछ
हो,
हाम्रो संस्कार
अब रुपैयाँ, डलरमा बिक्री भइरहेको छ
साच्चै,
वेद, पुराण, गिता, रामायण त मौसमी बादल झै परिवर्तन भएछन
एन्जिल, तौरात, त्रिपिटक, बाइबल सबका सब पुँजिवादी बनेछन्
अस्ति भर्खर विजयादशमी
दशैँको टिका निधारमा अनि कानमा जमरा लगाउने दिन
आफन्त भेटघाट सँगै हर्सोल्लासका साथ मनाउने दिन
(तर, मैले) मनाउन सकिन
मैल आशिर्वाद किन्न सकिन
न बिक्री गर्न
म त
रुदै आशिर्वादको मोल गर्दैथे
अनि बर्षेनी बढ्ने मुल्यको आँकलन
सँगै आगामी बर्षको अनुमानित लागत
मलाई दशैँको रौनकताले छोएन
एकान्तमा एक्लै
पागल झैँ, हाँस्दै र रुदै बसेको थे
दशैँको समापन पुकार्दै
जस्तो
भस्मासुरको भस्मकडा पाउने संकल्प होस्
वा तारकासुरको त्रिलोक विजयको आसा
या अर्जुनको कुरुक्षेत्र विजएको लक्ष
म पनि तपस्यारत वाल्मीकि झै
विचाराधीन वनेको थे
ती दुई छाक टार्न मजदुरी गर्दा नाम्लोले दविएका निधारहरु
के साच्चिकै तिनले आशिर्वाद पाउलान् त?
रातदिन ठेला तान्न व्यस्त हातहरु
के तिनले आशिर्वाद बाट्न पाउलान् र?
साझाको गाँस खान नपुग्ने कमाईले
के अरुले झै आशिर्वादको व्यापार गर्न पुग्ला र?
सडक छेउ मकै पोल्ने हातले
के कसैको निधार छुन पाउला त?
वर्षको एक पटक दहि किन्न सक्षम गरिब
के दहिमा टीका मुछ्ला र ?
म त विचलित छु
मानवको परिवर्तित धर्मग्रन्थ देखेर
पुजीवादी धार्मिक आस्था देखेर
कुबेर भक्तको गाजियको देखेर
अनि चौगिर्द भोकमरी र हाहाकार देखेर
अति भो अब,
पर्दैन दुर्गा माता यो महंगो विजयी उत्सव
पर्दैन महिशासुरको सर्वनाशको ढोंगीपन
अनि पर्दैन नरपशु संहारको नाटक
अब बन्द गर्नुस्
राँगा, बोका र कुखुरा जस्ता निम्छरा पशुको वलि
अत:विजयादशमी आशिर्वादको व्यापार त होइन ?
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: