हर विहान
जुनकुराले
हटाउन सक्छ
मेरो थकान
बढाउन सक्छ !
मेरो सौर्य
ल्याउन सक्छ पुनर्ताजगी
र
बनाउन सक्छ
उमंगमय दिनचर्या
त्यही एक कप चिया
म !
ब्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको हुन्छु
तिमी
र उसै गरी
तिम्रो हातले बनाएको चिया
त्यही टि-टेवलमा !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: