आजका बालबालिका नै हुन्,भोलिका कर्णधार
गुणस्तरीय शिक्षा दिई बनाउनु छ,जिम्मेवार
नेता मात्र होइन अब,युवा पनि जाग्नुपर्छ
आफ्नो सीप र कला अब,आफ्नै देशमा खर्चनुपर्छ।।
सीप र कला देखाएर,चिनाएका छन् देशलाई
युवा अब अघि बढ्नुपर्छ,देशको विकास गर्न लाई
सुरुवात आफैबाट गर्नुपर्छ अब
सबै मिली चेतनाको दिप छर्नु पर्छ अब।।
युवालाई अब राहधानी होइन्,आफ्नै देशमा रोजगार देऊ
सीप र कला उनीहरुलाई अब,आफ्नै देशमा खर्चन देऊ
क्षमता अनुसारको उनीहरूलाई,जिम्मेवारी देऊ
परिवर्तनको किरण छर्न सक्छन्,युवालाई अब अवसर देऊ।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: