खै के पो नै गल्ति गरेझै लाग्छ
हिड्न पाइला फेरेझै लाग्छ
खै के नै रहेछ र जिन्दगी
दुर्इ दिने पाहुनाझै लाग्छ
सत्य बाटो रोजेझै लाग्छ
सबलाइ राम्रै गरेझै लाग्छ
खै के नै रहेछ र जिन्दगी
दुर्इ दिने पाहुनाझै लाग्छ
परिवर्तन भएझै लाग्छ
सोचाइ बदलिएझै लाग्छ
खै क नै रहेछ र जिन्दगी
दुर्इ दिने पाहुनाझै लाग्छ
कता कता गलत पो छुकि झै लाग्छ
तेस्तो होइन मलाइ बुज्ने तरिका फरकझै लाग्छ
खै क नै रह्र्छ र जिन्दगी
दुर्इ दिने पाहुनाझै लाग्छ
खाली आए खाली नै जानेझै लाग्छ
किन इर्ष्या , घृणा, मायामै रमाउझै लग्छ
खै के नै रहेछ र जिन्दगी
दुर्इ दिने पाहुना झै लाग्छ
न सकिन्छ न कमि नै हुन्छझै लाग्छ
बाडे खुसी झन खुसी बड्ने झै लाग्छ
खै के नै रहेछ र जिन्दगि
दुर्इ दिने पाहुना झै लाग्छ
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: