यो निस्फिक्री संसारमा
किन लिन्छौ तिनकै पीर
खाइन् खाइनन् औषधी, गन्दै बस्थ्यौ दिन
मन पर्दैन गीत भन्थ्यौ तर
गुनगुनाउथ्यौ उनकै लागि
ए आकाश !
सुन्थ्यौ अस्तिसम्म
उनकै ठट्यौली गाली
तापनि
बिर्सिन्थ्यौ र सम्झाउँथिन् तिमीलाई उनले नै
केही न केही सधैं
ए आकाश !
आमा त साह्रै बुढी भइन् भन्दा
अझै स्वीट सिक्स्टिन हुनुहुन्छ भन्थ्यौ
निद्रा नलाग्दा
आमाको न्यानो काखमा तिमी सुन्थ्यौ लोरी
अनि,
अनि
रच्थ्यौ कल्पनाको संसारमा सुन्दर रचनाहरू
पाउँथ्यौ उत्साहको ज्वाला तिमीले र डुब्थ्यौ स्वप्नको सागरको गहिराइमा
उनकै काखमा
ए आकाश !
आमाको त्यो चाउरिएको अनुहारलाई हृदयमा
सम्मानको फेविकलले टास्थ्यौ
तर पनि
तर पनि
आज त्यो सुन्दर र पवित्र जगत् छ बादल पारीको देशमा
हराएछ जाज्वल्यमान सूर्य अन्धकारमा बिलाए जस्तै
तिम्रो माया
ए आकाश !
आखिर गर्यौ तिमीले श्यामले गरेसरी
आखिर पुप्याएरै छोड्यौ उनलाई त्यो बुढ्यौली घर
धेरै
धेरै
चेपारे दले छौ है आमालाई,
सम्पत्तिको आडमा
खान दुई बोतल रक्सी र स्वास्नीको आडमा
रचेछौ षड्यन्त्र उनकै मायालु काखमा
उनकै मायालु काखमा !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: