फाँटेको यो जिन्दगी टाल्दाटाल्दै ठिक्क छ !
सियोभित्र धागो यो हाल्दाहाल्दै ठिक्क छ !
जिन्दगीको यो खेतबारीमा हलो नार्दानार्दै
फुत्किएको फालीलाई ठोक्दाठोक्दै ठिक्क छ!
फाँटेको यो जिन्दगी टाल्दाटाल्दै ठिक्क छ !
सियोभित्र धागो यो हाल्दाहाल्दै ठिक्क छ !
पूरानहुने ती सपना र चाहनाहरु मनभित्रका
रातैभरि ननिदाइकन सोच्दासोच्दै ठिक्क छ !
गरीबदेशको गरीबघरको गरीबबाउको छोरो
धनकमाउन भनि बिदेश जादाजादै ठिक्क छ !
फाँटेको यो जिन्दगी टाल्दाटाल्दै ठिक्क छ !
सियोभित्र धागो यो हाल्दाहाल्दै ठिक्क छ !
गाउँछिर्छन देशबनाउने नारा घन्काईघन्काई
नेताज्युहरुले आफ्नै भुडी भर्दाभर्दै ठिक्क छ !
बेरोजगारी युवा जहाज चड्दाचड्दै ठिक्क छ !
फाँटेको यो जिन्दगी टाल्दाटाल्दै ठिक्क छ !
सियोभित्र धागो यो हाल्दाहाल्दै ठिक्क छ !
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: