नराम्रो बाटो तिर हिडेकोलाई हिंडाउनु हुन्छ राम्रो बाटो तिर
आफुसग भएको ज्ञान् बाडदा भुल्नु हुन्छ सारा दुख र पिर
गन्तव्य विहिन मानिसलाई गन्तव्य देखाईदिनु हुन्छ
छैंठी को दिन भाबिले हैन गुरुले हाम्रो भाग्य लेखिदिनुहुन्छ !
रिसाएर होईन हासी हासी गुरुले शिक्षा दिनुहुन्छ
अज्ञानीलाई ज्ञान् दिन गुरुले जिम्मा लिनुहुन्छ
आफ्नै सन्तति ठान्नु हुन्छ गुरुले शिष्यहरुलाई
अशिक्षितलाई शिक्षा दिई देखाईदिनु हुन्छ भबिस्यको दृश्यलाई !
मायै मायामा दिनुहुन्छ गुरुले हामीलाई ज्ञान्
आफ्ना शिष्यहरुको सधै राख्नुहुन्छ ध्यान
जानेन भने शिष्यले दोहोराई दोहोराई सिकाईदिनुहुन्छ
गुरुले हाम्रो भबिस्यको बाटो देखाईदिनुहुन्छ !
घमण्डिलाई पनि शिक्षादिई हिडाउनुहुन्छ राम्रो बाटो
बिधालयमा पनि माया दिनुहुन्छ बा आमाको साटो
शिक्षा बिना जीवन हुन्छ अन्धकार मय
उज्यालो हुन्छ त्यो जीवनमा गुरुको आगमन भए !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्
Liked by: