साहसी वीर पुर्खाहरुले आर्ज्याको को हाम्रो देश
देशद्रोहीले एकै सासमा, आज निल्न लागे
देशप्रेमी सहिदको थोपा-थोपा रगतले जोडेको हाम्रो देश
२/४ नालायक कपुत ले , आज त्यसलाई फुटाउन लागे।
ती महान योद्धाहरुको सामर्थ्य ले सिमांकृत हाम्रो देश
लेन्डुपेहरुले ती सिमाना नक्सा,आज मेट्न लागे।
नेपाली हामी स्वाभिमानी, एकमात्र स्वतन्त्र हाम्रो देश
दुई पैसामा स्वतन्त्रता र स्वाभिमान, आज बेच्न लागे।
चार जात छत्तीस बर्णको साझा फुलबारी हाम्रो देश
भाडाका दलालले, आज बिदेशी काँडा उमार्न लागे।
धार्मिक सहिष्णुताले सम्पन्न बिश्वकै शान्तिको हाम्रो देश
धर्मका ब्यापारीले, आज असहिष्णुता को बिउ रोप्न लागे।
सार्वभौम र अखण्डताले साच्चै भरिपुर्ण हाम्रो देश
छिमेकीको पिठ्युँ चढेर,आज खण्ड-खण्ड पार्न लागे।
जन्मभुमि आमाको अस्मिता सुरक्षित रहेको हाम्रो देश
गद्दारहरु ले हाम्रै आँखा अगाडि,आज बलात्कार गर्न लागे।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: