जिउन त जिएको थिए आमा,
बिदेसी भुमीमा।
आशुको घुट्को घुटुक्क पिएको थिए आमा,
बिदेसी भुमीमा।।
जती पिर बेथा भएनी आमा,
हजुरलाई मैले भनेकै थिईन।
सानो तिनो दुखाईलाई त आमा,
मैले केही गनेकै थिईन।।
लामो टिकट आयो आमा,
मेरो यात्रा जिन्दगीको।
अन्ति रैछ बिछोडको आमा,
दुई हजार एकत्तर पात्रो जिन्दगीको।।
दुई हजार एकत्तर पात्रो जिन्दगीको।।
--------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: