दु:ख जिते खुशीसग, हार्न रैछ जीवन कल्पनामै सयौं सागर, तार्न रैछ जीवन बिछोडको करौतीले काट्नु मनै काटे पनि आफै सामू आफ्नो माया, मार्न रैछ जीवन
दु:ख जिते खुशीसग, हार्न रैछ जीवन
कल्पनामै सयौं सागर, तार्न रैछ जीवन
बिछोडको करौतीले काट्नु मनै काटे पनि
आफै सामू आफ्नो माया, मार्न रैछ जीवन
कल्पनामै सयौं सागर....................
घामपानी र असिनामै जोगाएनी जिन्दगीलाई
आखिर सितको थोपासगै, झार्न रैछ जिवन
कल्पनामै सयौ सागर..............
कोलाहल र भीडहरुमा जतिसुकै हराएनि
संघर्षमा सधैं एक्लो, पार्न रैछ जीवन
कल्पनामै सयौ सागर...................
धनी-गरिब उँच-नीच किन मान्छ दुनियाले
जे गरेनि दुई छाक मात्र, टार्न रैछ जीवन
कल्पनामै सयौं सागर, तार्न रैछ जीवन
-मान बहादुर थापा "मुस्कान"
बि.न.पा.-१८ तातोपानी, सुर्खेत
हाल मलेशिया
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: