नगर राष्ट्रघात रगत रातोले चुनौति दिनेछ ।
भन्छ देशको युवा नेपाली माटोले चुनौती दिनेछ ।।
नभुल हिमाल पाहाड तराई तर एउटै धड्कन नेपाली,
यो बांगा, घुमाउरा पहाडी बाटोले चुनौती दिनेछ ।
छड, सिमेण्ट र आधुनिक इँटबाट मातिएका हौला,
प्राकृतिक ढुंगा र बाँसका भाटाले चुनौती दिनेछ ।
टिस्टादेखि काँगडा सम्मको एउटा इतिहास जिउँदैछ,
भिर पाखा बस्ने गाउँको यो लाटोले चुनौती दिनेछ ।।
जताततै नहेप सीमानमा लाग्ने मुलुकहरुले,
खुल्ला मैदान र यो भिरालो पाटोले चुनौती दिनेछ
-राम प्रसाद गैरे (पाल्पाली)
रामपुर, पाल्पा
हाल हरियाणा एग्रिकल्चर यूनिभरसिटी, भारत
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: