बहादुर सैनिकको काँधमा खुकुरी हानेर ।
बहादुर सैनिकको काँधमा छकछक खुकुरी हानेर... ।
यही कविताजस्तो बेअर्थ
बहादुर सैनिकको काँधमा खुकुरी हानेर ।
भ्रमै भ्रममा मर्नेहरुलाई
मृत्यु पनि एउटा भ्रमै भयो
र उसको छातीमा मृत्यु पड्काउने....
आफ्नै अगाडि खतरनाक सत्रुलाई सलोट ठोकेर
अन्तिम समयसम्म भ्रमकै दुष्मनलाई सम्झेर
दारा किट्तै मर्यो विचरा!
बहादुर सैनिकको काँधमा खुकुरी हानेर ।
बिनाअर्थ चुपचाप सहिदिनु
राष्ट्रवादी अरे
बहादुरी अरे
बहादुर अरे।
स्फटिक हुनु
चट्टान हुनु
कुनै विरोध नगरेर
अबरोध नगरेर
जस्तो गरेर बलिदान दिनु
सहिद अरे
बहादुर सैनिकको काँधमा खुकुरी हानेर ।
हामी यौटा भयानक आक्रमण लेख्तै छौँ
सिर्जनाले नदेखेको हरियो जमिन
र भयावह खण्डहर कविता
बहादुर सैनिकको काँधमा खुकुरी हानेर ।
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: