दिनहु हजारौं छोरा बेदेशिदै छन् खोज्न आफ्नै सपना
हवाई जहाजसँग देशको भबिष्य, के होला बिपना
नेता पनि कस्ता यहाँ जानेका छिमेकिको खुट्टा चाट्न
मेरो देश म बनाउछु , १२ पछि म विदेश जान्न
बन्दुक थुनिए पनि अझ धेरै कुरा थुन्नु छ यहाँ
हाम्रो एकता खुकुरीको बिरता खै कहाँ गयो कहाँ
आमलाई रुवाए घर छोडी बिदेशीको जुठो खन्न
पसिना यहीँ बगाऊछु १२ पछि म विदेश जान्न
कहिँ बाहुन कहिँ छेत्री कहिँ दमाई कामि यहाँ
जातैजातीको भिडमा खै नेपाली छन् कहाँ ?
जाति जात मात्र यहाँ खै बिर नेपाली कहाँ गए लुक्न ?
मेरो त जाती नेपाली १२ पछि म विदेश जान्न
यहि जन्मे यहि हुर्किए अन्तिम सास यहि ठाउँमा फेर्छु
देश टुक्र्याउन खोज्नलाई छानी छानी खुकुरीले काट्छु
होसियार गोर्खालीको खुकुरी निस्कियो भने रगत नाचाखी जान्न
यो देश म जोगाउछु, १२ पछि म विदेश जान्न
युवा मिले युवा अगि बढे बिकाशलाई सक्दैन रोक्न
आऊ सबै मिलि थालौं उन्नतिको फुल रोप्न
चुरोट को धुवा र रक्सिको सिसिमा भबिष्य म उडाउन्न
म आज प्रण गर्छु १२ पछि म विदेश जान्न
_____________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: