'म'मा तिम्रो मिठानुभूतिको रन्का चढाइदेउ
या म तिम्रै हुँ भन्ने सबतिर डंका पिटाइदेउ
हजार साथी होलान तिम्रो मुटु छुने यहाँ
अब मलार्इ पनि एक पल्टको अनुमति मिलाइदेउ
बरू देउ एउटा झुठै सहि तर प्रेमको अाश्वासन
या स-शरिर मलार्इ तिम्रै कैदमा बन्धकपारि लुकाइदेउ
लाचार होलान तिम्रो उपस्थितिको बाटो कुर्ने यहाँ
अब मलार्इ पनि एकथरी विवश पात्र बनाइदेउ
बरू देउ मलार्इ पाेल्नेखाले अन्तिम धोका
या मेरा ति सबै प्रेम-पत्र एकैपल्ट जलाइदेउ
बताउ बरू मलार्इ अझै केहि शंका छन भने
अब शंकाकै भरमा प्रेमको मेरो लंका जलार्इदेउ
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: