शहरकाे काेलाहल,
धुँलाे-धुँवा,
पेँपु-पेँपुकाे आवाज
सबैबाट टाढा
एकान्त वातावरणमा,
म र मेराे सारङ्गी
आफ्नाे बेग्लै
आवाज निकाल्दै छाै !
शहरकाे सडकमा
ठुलाे गाडीले
सानाेलाई उछिन्दै,
फुटपाथमा
माेलमाेलाइकाे हल्लीखल्ली
बारगेनिङ्ग भईरहँदा,
म र मेराे सारङ्गी
कञ्चन पानी जस्तै
निर्मल, निस्वार्थ
मायाकाे आवाज निकाल्दै छाै !
मानिसहरु रङ्गभेदी
जातीयताकाे
कुरा खाेतल्दा,
उचनिचकाे भावना
मनमा बसाल्दा,
म र मेराे सारङ्गी !
माेहित पार्ने सुमधुर धुनले|
साना-ठुला,
धनी-गरिब,
महिला-पुरुष,
कालाे-गाेराेकाे
जंजिर टाेडी
सबैले गुनगुनाउने
आवाज निकाल्दै छाै !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: