नकराउ म सुन्दिन नफर्काउ म घुर्दिन नसोध म भन्दिन नबोलाउ म बोल्दिन तिमीदेखि टाढा निक्कै टाढा
नकराउ म सुन्दिन
नफर्काउ म घुर्दिन
नसोध म भन्दिन
नबोलाउ म बोल्दिन
तिमीदेखि टाढा निक्कै टाढा
जाँदैछु कतै एकान्तमा
घात र आघातको सिमान्तमा ।
अब
नदुखाउ म दुख्दिन
नरुवाउ म रुँदिन
नपर्ख म आउँदिन
नचलाउ म चल्दिन
नछोउ हो नछोउ
ति तिम्रा स्पर्शले पोल्छ मेरो
निर्दोष
तिमीलाई माया गर्ने मुटु ।
-कुबेर मृदुल अाङ्बो
सिदिन-९, पाँचथर
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: