मलाई फूल बन्नु छ
किनकी
फूलहरु,
उम्रिन्छन् र मुस्कुराउँछन्
फूल्छन् र मुस्कुराउँछन्
फक्रिन्छन् र मुस्कुराउँछन
झर्छन् र मुस्कुराउँछन्
चुडिन्छन् र पनि मुस्कुराउँछन् !
फूलहरु,
खडेरीको अभाव पनि सहन्छन्
असिनाको चोट पनि पचाउँछन्
वर्षा को वेगमा पनि नाच्दछन्
र
तुसारोको पिंडामा पनि सुगन्ध छर्छन् !
फूलहरु ,
कहिल्यै झिंजिदैनन्
कहिल्यै रिसाउँदैन
कहिल्यै गुनासो गर्दैनन्
कहिल्यै अभिमान गर्दैनन्
सधैं एकनास खुसी रहन्छन्
त्यसैले
मलाई फूल जस्तै बन्नुछ !!
Liked by: