 
             सुरज तिवारी  - Jan 25 2023
    
                        सुरज तिवारी  - Jan 25 2023        खुशी हुँदै पर्खिराखेको थिए
आउने होला कुरिराखेको थिए 
तर खै के भयो अझै आएनन् 
किन ढिलो भयो घडी हेरीरहे 
हैन केही कारणले ढिला भयो होला 
चित्त त बुझाउनै पर्यो !
आउँछन् होला , नेपालमा यस्तो त सामन्य हो 
मन सम्हाल्नै पर्यो 
कति कुराहरू खेलीरहे, तर आफूलाई सम्हाल्नै पर्यो 
एक्कासी खबर आयो, खै कता के भयो हरे 
भयो कतै त केही भयो, अब के गरौं !
आफूलाई सम्हालौ या आफूसँग छेउमा भएको मान्छेलाई 
जसले उसलाई कुरिरहेको थियो खै के भयो सबै कुद्न थाले 
सबै एकाएक भाग्न थाले, मन डरायो 
एक्कासी खै के भयो, डराई डराई मोबाइल हेरे 
ए मेरो मान्छे आउने प्लेन त हैन पो रहेछ 
आनन्दको सास फेरे !
आफ्नो छेउको मान्छेलाई सम्हाले 
हैट खुशीले आशु नै झारे 
अनि अर्को छेउको मान्छेलाई देखे 
रुदै थियो, कराउँदै थियो 
भन्दै थियो !
परिवार नै सकियो रे 
तर मलाई त्यति नराम्रो लागेन 
किनकी मेरो परिवार त सुरक्षित थियो 
अब कस्को गल्ती हो 
मलाई मतलब भएन !
अब कसले यो जिम्मेवारी लिन्छ 
मलाई मतलब भएन 
होला म पनि रुन्थे कराउथे यदि मेरो मान्छे त्यो प्लेनमा भाको भए 
तर मेरो मान्छे सुरक्षित थिए 
त्यसैले मलाई मतलब भएन !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।

Liked by: