दिपिका साउद · Aug १८, २०२२
सबै को आफ्नो कथा छ कथा भित्र को झुट्टै ब्यथा
कोहि दुःखि माया मा कोहि दुःखि जोबन मा
साच्चै कति प्रिय छ माया शब्द
सबै को भाग्य मा कहा हुन्छ र
जसले पाए कदर गरेनन् जसले चाहे पाउन सकेनन्
केहि दिन को आश देखाएर कोहि कहिले आफ्नो भएनन्
छोटो साथ अनि जिन्दगी भरको सपना देखाइ
माया गर्छु भन्ने हरु कहिले आफ्नो भएनन्
कोहि गाउँछन् मायाका मिठा मिठा भाषा
कसैले भने जिन्दगी मा माया पाएनन्
अनौठो खेल खेल्दै छ जिन्दगी म सङ्ग
जसलाई मैले चाहे त्यो चिज मेरो कहिले भएन !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।