समुन्द्र जस्तै अटल तिम्रो मायाँ
छाल जस्तै आउछेउ घरी-घरी ।
म यहाँ प्रेमको दियो बाल्छु सधै
तिमी खुशी ल्याउछेउ थरी-थरी ।।
आखिर माया अनौठो छ ,कहिले
सुख दुःखमा पार्छेउ लरी-बरी ।
हामी धेरै टाढा भएपनि प्रिय
तिमी सुवास दिन्छेउ मेरै वरि-परि ।।
प्रेमको गहिराई बुझ्नै सकिन्न
अपुग रहन्छ, कहिल्यै हुदैन सरो-बरी ।
पहिले त निष्ठुरी थियौ तिमी
अहिले त गर्छेउ साह्रै मायामा चुरी-फुरी ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: