दिलको ढोका ढक-ढकाउदै छ कोहि
चिन्न सकिएन कोछिन खोई
भित्रन चाहन्छ दिलमा कोहि
धडकनहरु रुके जब उनले छोई !
नयनसँग नयन जुधाई
मायाको पियुष ओठले खुवाई
सुद्ध यो मेरो मनको कापी
मन मायाले भर्न चाहन्छ छापी !
कहिले सपना त कहिले ध्यानमा
कसैको अवाज हरपल कानमा
छिन छिनमा पर्दै छ बेहाल
को हो त्यो बिना सोचको ख्याल !
दिलको ढोका खोले फेरि
अचम्मै परे यो दृश्यहेरी
जसको गित दिन दिनै गाउँथे
उसैले दिलको ढोका ढक ढकाउथे !!
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: