नेपाल बनाउछु भन्नेले मरभुमी बनायो नेपाललार्इ
सुन्दर शान्त विशाल बनाउछु भन्नेले
उजाड बनायो नेपाललार्इ॥
खै कस्ले देख्यो नेपाली आमा छाती पिटी पिटी रोएको
कस्ले सुन्यो ती पुकार दुखी नेपाली आमाको??
नेपालकाे शान्ती सुन्दर सपना बोकेका युवा
शहिद वीर भए रे !
नेपाल आमाको सन्तान हजारौ शहिद भए रे!
कतीको हात छैन रे कतीको त सिउदोमा सिन्दुर छैन रे
आखिर खै के पायो त हाम्रो नेपालले ?
हिमाल पहाड समथल तराइ
चिनारी थियो नेपाल
आउ साथी नेपाली वीर युवा नेपाल बनाउ
नदी रोज्ने सागर रोजाैं
अनी युवाले नै देशको सिमाना खोजाैं॥
नेपाल आमाको लागी सुमार्ग रोजाैं॥
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: