मैले मेरो यो पावरवाला चस्माले
तिमीलाई सधै पावरफुल नै देख्छु
जति पटक हेर्दा पनि
तिमीलाई सधै मेरी प्रिय नै देख्छु
तिम्रो नजरमा पनि
मैले गुलाबको फूल नै देख्छु
तिमी जति नै रिसाउँ प्रिय
मैले तिमीलाई सधै हसिंलो नै देख्छु ।
मेरो आँखामा कालो चस्मा लगाएर हेर्दा पनि
तिमीलाई सधै गोरी नै देख्छु
तिमी रिसाएर उता फर्के पनि
मैले तिमीलाई मेरी मायालु नै ठान्छु
तिम्रो अतितमा जे भएपनि
तिमीलाई सधै म मेरी नै ठान्छु
तिमी जति नै टाढा भएपनि
म तिमीलाई सधैं मेरो सामु नै पाउँछु
माया त माया नै हो प्रिय
म तिमीलाई सधै
मेरो दिल भित्र नै राख्छु ।
आजकल त तिमी
मेरो बिपनामा मात्रै हैन
सपनामा पनि आउन थालेकी छौ
तिमी मेरो म तिम्रो भन्न थालेकी छौ
मलाई तिमीले आफ्नै ठान्न थालेकी छौ
मसंग दुख सुख बाँड्न थालेकी छौ
मलाई पनि अलिकति हाँसो दिन थालेकी छौ
त्यसैले त प्रिय
तिमी मेरो दिलभित्र
डेरा जमाउन थालेकी छौ ।
मैले तिमीलाई आफ्नो ठान्दा
तिमी मुसुक्क मुस्कुराउन थालेकी छौ
आजकल आफूलाई मेरो सामुन्ने
उपस्थित गराउन थालेकी छौ
म पनि त तिमीलाई माया गर्छु
भन्न थालेकी छौ
त्यसैले त प्रिय
तिमीले जानी नजानी
आजकाल मलाई स्विकार्न थालेकी छौ ।
___________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: