नारी नहुन् त यो जगमा
के यो संसार चल्दछ ?
साधन बिनाको आवरणमा
साध्य कसरी फल्दछ ?
नारीनै हो यो दुनियाँमा
स्नेह ममता सिकाउने
यिनमानै जीवन अंकूर
बंश सृष्टि बढाउने
नारीनै हुन् ईश्वररूपी
वात्सल्य प्रेमको वाहक
यिनै हुन मातृ, जननी,
सृष्टिकर्ता अनि पालक
नारीनै हुन् देवी शक्ति
असूर सोच संहारक
प्रेम, भक्तिको प्रतिमुर्ति
अनि दया, क्षमा प्रदायक
नारीनै हुन यो जगमा
युग इतिहास बनाउने
यिनै कारक रामायण
अनि महाभारत गराउने
नारी पुरूषमा बिभेद
कुण्ठित भाव प्रहार हो
पुरूष प्रधान दम्भको
कुरिति, कुसंस्कार हो
भ्रुण हत्या, नारी हिंसा
फेरी झन बढदो किन ?
कसरी मेटछौं त्यो पाप
सक्छौं के तिर्न ऋण ?
असह्य बेदनाहरू खप्ने
सहनसिल, हिम्मती नारी
सर्वत्र पुजिनु पर्ने देवीलाइ
किन हो बिभेदको भारी ?
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: