Diwash Pandey (Sabid) · Aug ६, २०१६
देश र जनताको लागि भनी ज्यानको बलिदान गरेको म आफ्नै रगतले इतिहासको स्वोर्णिम पाना कोरेको म। जब सडकको सानो गल्लिमा थन्किन पुगेँ
देश र जनताकोलागि भनी
ज्यानको बलिदान गरेको म
आफ्नै रगतले इतिहासको
स्वर्णीम पाना कोरेको म।
जब सडकको सानो गल्लिमा थन्किन पुगेँ
मुर्दा शालिकको रुपमा
बल्ल पो थाहा पाएँ
यस्तै हुँदो रहेछ नयाँ नेपालमा।।
जन्मदिने बाबुआमा नभनी
दुई बर्षे बालकको भबिष्य नसोची
मुटुमाथी ढुङ्गा राखेर हिडेँको म
त्यही घरमा अशान्तिको आगो
दन्किदा पो थाहा पाएँ
यस्तै हुँदो रहेछ नयाँ नेपालमा।।
देश बिकासको परिकल्पना गर्दै
कुटो र कोदालो समाउने यी हातमा
गोला बारुद अनि बन्दुक भिर्दै
मर्न र मार्न पछि परिन
तर सबै त्याग र बलिदान
एकादेशको कथामा गनिदा पो थाहा पाएँ
यस्तै हुँदो रहेछ नयाँ नेपालमा।।
फुलमाला र अभिरले सजिने यो अधर
शिरमा टोपी र दौरा सुरुवालमा सजिने रहर
जब फोहोरको डङ्गुरभित्र हराउन पुगेँ
पहिराउँछन त माला एकदिन सहिद दिवसमा
अरु दिन माखो भुत्लो नजिक नपर्दा
नजिकै रक्त पिपासुको सालिक
ठडिंदा पो थाहा पाएँ
यस्तै हुँदो रहेछ नयाँ नेपालमा।।
- दिवस पाण्डे "सविद"
नवलपरासी, नेपाल
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।