म त एउटा पवित्र आत्मा
मनुष्य चोला फालेर आएकी
बाआमाको सासको आश
सय धारा आँशु झारेर आएकी !
सुन्दर सपना सुन्दर दुनिया
लाग्यो नी एकोहोराे प्रेमले
आफ्नै मूर्खता सत्रु बन्यो
बिचरा के भन्यो त्यो देहाल !
पश्चताप र मौनताको भावमा
सम्झिए पूर्ण विराम लगाइएको दिन
अपार माया त बाआमाको थियाे
कसरी बिर्से खोइ तिनका रिन !
उमेर सँगै लहैलहैमा परेर
पराईलाई आफ्नो बनाउन खोजे
सफलता त कहाँ पाउन सके र
हरेको मतलबी मनको बाटो रोजे !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: