यो पचासे उमेर पनि अच्चम्म को हुँदो रहेछ् युवा र बुढोको दोबाटोमा पर्दो रहेछ् कपाल तिल चामल पो हुँदो रहेछ् अली अली छाला च्याउरी पर्दो रहेछ्
यो पचासे उमेर पनि अच्चम्म को हुँदो रहेछ्
युवा र बुढोको दोबाटोमा पर्दो रहेछ्
कपाल तिल चामल पो हुँदो रहेछ्
अली अली छाला च्याउरी पर्दो रहेछ्
देख्ने आखा धमिलो हुँदो रहेछ्
चिन्या न चिन्या जस्तो हुँदो रहेछ्
कुनै कुरा चलेमा हाम्रो पालामा भन्दो रहेछ्
अनी सम्झे जस्तो गरी बिर्सिदो पो रहेछ्
कालो पोती युवा बन्न खोज्दो रहेछ्
नव-यौवनले अन्कल भनिदिंदा रिसाउँदो रहेछ्
न आफ्नो बल्ले केहि भ्याउँदो रहेछ्
न बुद्धिले सही कम गर्दो रहेछ्
यो पचासे उमेर अच्च्म्मको हुँदो रहेछ्
एक दिन स्वास्निले भनिन्
नक्क्लीहरु पोइल जाने गर्छ्
पचासेहरु जोइल जानै खोज्छ्
सुन्दर्-सुन्दरी हेरी मन कुढियाउँदो रहेछ्
एक कुनामा बसी आफै भुत्भुताउँदो रहेछ्
यो पचासे उमेर अच्च्म्म्को हुँदो रहेछ
-उज्जवल सिंह अधिकारी
वीरगञ्ज, पर्सा
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: