मेरो अगाडी ठूलो प्रश्न चिन्ह थियो ।
त्यसैले जान्नु थियो, म को हुँ भनेर !
र त भौतारिरहेथेँ, गल्ली गल्ली अस्तित्व खोज्दै ।
एउटा ठूलो मेचमा पुगेछु,
त्यस्तै मेच, जहाँ मैले गुजारेथेँ,
एउटा लामो कालखण्ड ।
त्यसमा थियो,
हजुरबुबाको गाली, हजुरमाको आर्शिबाद,
बुबाको प्यार, अनि आमाको सद्भाव ।
सबै दिन्थ्यो त्यो मेचले मलाइ ।
यो मेच त्यही जस्तो थिएन,
तर गोलो पक्कै थियो,
जहाँ भोकाएका अतितहरु
आफ्नो आहाराको पर्खाइमा थिए ।
त्यही भीडको कुना पट्टी,
म आफूलाइ खोज्दै थिएँ ।
सायद, म अनि त्यो मेचको दुरी नजिकै थियो क्यारे,
म देख्न अनि सुन्न सक्थेँ तिनीहरुलाइ,
तिनीहरु पनि छट्टपटिरेका हुँदाहुन्,
आहाराको आशमा मनमा कयौँ फुल फुलाउँदा हुन्।
सायद त्योसम्मेलन हुँदो हो, पालैपालो भाषण गरिरहे जस्तो लाग्थ्यो ।
भाषा फरक थियो कि त ? अनि ताली तथा हाँसो उडिरहेजस्तो लाग्थ्यो ।
उनीहरुले गिज्याइरहेको म बुझ्थेँ ।
सोच्थेँ,“कतै म पनि यही भीडको सदस्य त होइन ?”
खै जवाफ नै थिएन म सँग ।
बिज्ञानको सागर पल्टाएर खोजेँ,
ज्ञानको पत्र उल्टाएर हेरेँ,
मेरो बंशको नीति कोल्टाएर हेरेँ,
साथीहरुलाइ सोधेँ,
जवाफ एउटै थियो, “तँ त्यही भीडमा छट्पटाउनेहरु मध्ये होस्।” “म किन छट्पटाउनु ?” सोधेँ,
तर जवाफ कतैबाट आएन ।
आयो त केबल,
“फर्क फर्क”
हेर्न खोजेँ, सकिरहेको थिइन ।
फेरी उही आवाज,
मन त्रसित हुँदै गयो ।
लाग्थ्यो, भागी हालूँ, सकिन ।
प्रयास गरेँ फेरी पनि, तर सकिन ।
काप्दै गरेका खुट्टाका चाल म बु
झ्थेँ ।
र अठोट गरेँ, सफल भएँ ।
ओहो ! बिहानी पो भएछ ।
भागेछु त आ
फ्नै खाटबाट
बद्याम्म आवाज, दुखेको ढाड,
अनि बुभेँ,
ऐठन पो रहेछ ।। ।।
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: