हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो ।
उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो ।।
गरिबीले छाडेन संगत कहिल्यै हिड्नै पर्यो चारो जुटाउन ।
पुग्दो रहेनछ सबै लाई चखेवा जोडी जस्तै साथमा रमाउन ।।
देख्दछु गगन चुम्वी महल परदेशमा अनी सुन्दर बगैचा पनी ।
आँखाँले खोजीरहन्छ तिमीलाई वरी परी पाँउदिन कतै पनी ।।
कसम रमेको छैन यो मन परदेशमा बाध्यतामा अल्झेको छु ।
मर्दले आँशु देखाउन मिल्दैन रे याँहा एकान्त मैं पिएको छु ।।
प्यारो थियो खरको झुपडी ढिक कान्ला र भिर पाखा हरू ।
फर्केर जान नपरोस परदेशमा दु:ख सुख गाँउमै गरौला बरू ।।
----------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: