त्यहाँ त माटोमा नि, बास्ना आउछ सानु यहाँ त अत्तरमा नि, गन्ध आउछ सानु
त्यहाँ त माटोमा नि, बास्ना आउछ सानु
यहाँ त अत्तरमा नि, गन्ध आउछ सानु
तिम्रै काखमा लुट्पुटिदै, पछेउरीले आँशु पुछ्थें
यहाँ त तिम्रो यादले,दिन दिनै सताउछ सानु
खोले सिस्नो नमिठो छ,खान्न भन्थे आमालाई
यहाँ त एक छाक पनि,बासि खाना पाउछ सानु
ओखर फोरी बहिनिले,दिर्घायुको माला दिन्थिन
यहाँ त सधै मृत्युले पो,माया प्रिती लाउछ सानु
बासुरी र मादल संगै,रोधी घरमा माया लाइयो
यहाँ त कानै पाक्ने,डिस्को गित घनकाउछ सानु
---
वल कुमार रार्इ
[email protected]
खैराङ ३भोजपुर नेपाल
हाल दुबइ (यु.ए.इ)
Liked by: