शैक्षिक पाठसाला मा कहिल्यै
अनुत्तीर्ण न भएको म
जिन्दगीको पाठशाला मा कहिल्यै
उतिर्ण हुन सकिन !
मलाई मन छ म फेरि त्यस्तो
पाठशाला जाउ र प्रश्न गरौ
घटाउ घटाउ जोर भए जस्तै
दु:ख दु:ख कहिले सुख हुन्छ !
कति चोटिको अभाव पछि
सम्पन्नता हुन्छ
पिडालाई कतिले गुणान गरे पछि
सन्तुष्टि हुन्छ
मलाई जान्न मन छ !
आसुको घनत्व कति हुन्छ
पीडा नाप्ने एकाई के हो
अभाव लाई कुन इकाइले नापिन्छ
बेदना हरुको रेखा कस्तो हुन्छ
मलाई सोध्न मन छ !
टाढा टाढा ग्रह हेरे जस्तै
आफ्नै भाग्य हेर्न मिल्छ कि मिल्दैन
निधारमा लागेको दाग जस्तै
भाग्यमा लागेको दाग मेटन मिल्छ कि मिल्दैन !
समान मान्छे हरुको
पिडाको रेखा समान हुन्छ कि काटिन्छ
यदि काटिन्छन भने त्यहा कति डिग्रीको कोण बन्दछ
त्यो कोण खुसिको हुन्छ या दुखको
मलाई जान्नु छ !
दुनियाँ बनाएको बिज्ञान ले
मान्छे को भाग्य देख्ने कर्म मिटर अनि
दुख नाप्ने मर्म मिटर
बनायो कि बनाएन होला
त्यसैले मलाई फेरि एकचोटि
पाठशाला जान मन छ र बुझ्न मनछ
एउटा जिन्दगिको परिभाषा !!
Liked by: