फुल दिउ या काडा
जसले मलाइ चोट दिए
मलाइ कमजोर बनाउछु सोचेर
आज मलाइ एक्लै हिड्न सिकाए !
यो दुनिया देखि जान मन केहि छिनको लागि पर
रुने हरुलाइ रुवाइ खुशी हुने लाइ हसाइ म गए
आफ्नो भाग्य आफैले कोर्न सक्ने भए
सारा खुसी मेरै आमाबुबा को सामु ल्याउने थिए !
छैन केहि मनमा ,तर एकोहोरो सोचमा डुब्दै गए
हिजो होइन भोलि लाइ सुधार्ने सोचमा
आज लाइ खै कता भुलाइ दिए
तिमि भन्न सक्छौं गलत मलाई , म आफु आफुमा टोलाउदै गए !
आए जिन्दगी मा कयौं
सबै ले यो दिलमा चोट दिइ गए
हालत यस्तै छ मेरो
कसैलाई विस्वास गर्न फेरि डराउने गराइ गए !
बचन याद मान्छे याद छ
समय परिवर्तन भए
खुशी मा सारा आफ्ना
दुःख मा एक्लै छाडी गए !!
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: