आोइलिएझै लाग्छ म कोपिलामै
सुबास छर्न नसकिएझै लाग्छ
कोपिलामै फुल फुल्न बाकिनै छ
केही समय पक्कै लाग्ने छ
डगमगाएझै लाग्छ खै किन कोपिलामै !
हजारौं फुल को बिचमा खोज्दै छु आफुलाई
अझै परिचित हुन मन छ आफै सङ्ग , आफु भित्र रम्ने बनाउनु छ
आफुलाई आशै आशमा होइन
खुशी का पलले भर्नु छ जिन्दगीका पाना हरूलाई !
त्यहि फुल को बगैंचा मा खोज्नदै ,छु म आफ्नो सुबास
हेरि वरिपरि खोज्दै छु म आफ्नो रङ लाई
सुन्दर फूल सङ्ग म घुलिदिने पो हो कि
आफ्नो पहिचान म भुलिदिने होकि
समय आए पक्कै फुल्ने छु म
अन्तत आफ्नो साहारा आफुलाई बनाइ हिड्दै छु म !!
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: