धेरै पछि आज अनायास
उमंग छाएको छ मनमा
शायद ,
तिम्रो सामिप्यताले हो कि १
सिलो खोजेर बटुलेका
एक अँगालो खुशीहरु
आज अचानक दुगुना भएका छन्
किनकि ,
म तिम्रो अगाडि छु
तिमि मेरो सामुन्नेमै छौ
तिम्रो आगमन, सामीप्यता अनि आत्मियता
जीवनअमृत भएको छ मेरा लागि
जिजिबिषाहरु झाङ्गिएका छन्
मौलाएका छन् जीवनउर्जाहरु
दुबोसरी चाहनाहरु उसैगरी।
तिम्रो सुन्दरतामा नतमस्तक म,
पुजारी भएको छु तिम्रै सौन्दर्यको
जिन्दगीमा यस अघि
कहिल्यै भएन यस्तो अनुभुती,
फलामको एक टुक्रासरी भएको छु आज
तिमि त बिशाल चुम्बक हौ मेरा लागि ।
लाग्छ, कति रमाइलो हुन्थ्यो होला जीवन
हामी सँगसँगै जीउन पाए
जिन्दगीको यो अनन्त यात्रामा
सँगै कदम बढाउन पाए
म एक्लैले देख्ने गरेका सपनाहरू
दुबैका साझा बनाउन पाए१
झसङ्ग हुन्छु,
सपनाबाट ब्युँझे झैं
नमिठोगरी चोइटिन्छन् खुशीहरु
उसैगरि बिलाउँछन् चाहनाहरू
दूर क्षितिजमा कतै,
सूर्यको लालिमा हराएझैँ साँझमा
ओइलिन्छ मनको दुबो पनि
अनि फेरि सिलो खोज्नुपर्ने हुन्छ
खुशी कतै भेटिन्छ कि११
किनकि,
वास्तविकता अर्कै छ
बाटो फरक छ तिम्रो र मेरो
सोचेको जस्तो कसको पो हुन्छ र जिन्दगी
भनिन्छ,
मनमा त्यो बस्छ जो भाग्यमा हुँदैन ।
सक्तिन म डिलमा उभिएर
तिम्रो गहिराई नाप्न
त्यसैले,
हामफाल्न मन लाग्छ तिमिसितै डिलबाट
तर,
त्यो पनि गर्न सक्दिन म
किनभने,
मलाई थाहा छ
रसातल मेरो गन्तव्य होईन
त्यसो गर्दा मेरो आफ्नै अस्तित्व संकटमा पर्न सक्छ
आफैं अस्तित्वविहिन भएर
कसरी नाँपुला र तिम्रो गहिराई रु
अनि म अनुमानमा डुब्छु,
फगत अनुमान
के तिमी मेरो अनुमान जत्तिकै गहिरो छौ त१
हिन्दुत्वले सिंचित मेरो मानसपटल
विश्वास लाग्छ मलाई पुर्वजन्म अनि पुनर्जन्मको
किनकि , सोच्दैछु
हामी सँगै थियौं कि , अघिल्लो जुनीमा
फेवातालदेखि अनन्त यात्रामा निस्केका
तिमी र मलाई
छुट्याउन सकेन फुर्सेले
सेतीको पनि केहि लागेन
मिसियौँ महासागरमा लामो यात्रापछि
र,
विलीन भयौं त्यतै कतै
अनि पायौं यो जुनि,
म पुरुष मानव भएर अस्तित्वमा छु
तिमी सुन्दर प्रकृति ।
भन्छन् ,
भेटिनु र छुटिनु त जीवनको नियति नै हो
म त्यही नियति भोग गर्दै छु ऎले
रात अनि प्रभातको क्रमवद्दताजस्तै
अर्को जुनि त हामी सँगै हुनेछौं फेरि
म भिर भएर ठडिने छु
तिमी हाम फालौली त्यहीँबाट
म तिम्रो पछिलाग्नेछु बगर भएर
हामी फेरि शुरु गरौंला अर्को यात्रा
फुर्से हुँदै सेती अनि अनन्त महासागरसम्म।।
-------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|
Liked by: