प्रिय मान्छे | Hamro Patro

ब्लग - साहित्य / हाम्रो कविता

प्रिय मान्छे




   अनन्त विजय - Jan 20 2017
प्रिय मान्छे कविता

प्रिय मान्छे
मलाई तिमी प्रति
कुनै गुनासो छैन
कुनै दुखेसो छैन
कुनै निराशा छैन
अझ भनौ
कुनै प्रश्न नै छैन
छ त केवल नदि जस्तै
हरदम निशंकोच बगिरहने
माया नै मायाको सागर
आकाश जस्तै
असीमित तरवारले फैलिएको
माया नै मायाको फराकिलो आकार
प्रिय मान्छे
जिन्दगीमा सब चाहेको कुरा कहाँ पाईन्छ र
पाउनै पर्छ भन्ने पनि छैन
कतिपय चिजको महत्त्व अनुपस्थितमा
अझ प्रगाढ हुदो रहेछ
अझ भनौ
आफू सामु हरदम भईरहदा
कुनै पनि चिज महत्त्वहिन हुदो रहेछ
प्रिय मान्छे
हामी मानवको स्वभाव नै अनौठो
जे छ त्यसमा रमाउन सक्दैनौं
नहुदा मरिहत्ते गर्छौ
हुदा पटकै वास्तै गर्दैनौं
तिमी नहुदा हरपल तिमी सामु
हुन पाउन मन लाग्थ्यो
जब तिमी आयौ तिमी प्रतिको
माया
चाहाना
ईच्छा
आकाक्षा
सब विलिन भयो
अनि तिमी गयौं
फेरि सब चिजले तिम्रो खोजि गर्ने
थाले
आखाले तिम्रो आकृति
हृदयले न्यानो माया
जिन्दगीले साथ
अझै अरू कति हो कति
जसको हिसाब गणितीय तरिकाले
सम्भव छैन
प्रिय मान्छे
मलाई आजकाल
यी हावाहरू
फूलहरू
ताराहरू
बादलहरू
देउरालीहरू
चौतारीहरू
बाटोहरू
जहाँ जहाँ तिमीसंग
अविस्मरणीय पलहरू गुजारे
ती हर चिजहरू अौधि प्रिय लाग्छ
हरपल
हरक्षण
हरघडि
तिमी सगै भएको आवश दिलाउछन
तिम्रो उपस्थिति दिलाउछन
म एक्लै टोलाईरहन्छु
तिम्रै कल्पनामा
यादहरूमा
हो
सत्य हो
न पत्यए
यी आँखाहरूलाई सोध त
कति धेरै तिम्रो आकृति बनाउछन
यी मनलाई सोध त
कति धेरै माया जमाएको छ
हो प्रिय मान्छे
जनम जनमलाई।।।।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.